जनकपुरधाम । तराईको सडक सञ्जालको लाईफ लाईन मानिएको हुलाकी सडक अन्तर्गतको जनकपुरधाम उपमहानगरपालिकाको पुल चोक बेलौनी सडक खण्डमा उपमहानगरपालिकाले पानीको निकासका लागि नाला निर्माण गरेको छ । पानीको निकास नभएका कारण जिर्ण बनेको सो सडकमा उपमहानगरपालिकाले पानीको निकासका लागि नाला निर्माण गरि सडकको मर्मत संभार गरेको हो । लामो समय देखि जिर्ण अवस्थामा रहेको सो हुलाकी सडक मर्मत संभारका लागि जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले आफै अग्रसरता देखाएपछि हुलाकी राजमार्ग आयोजना समेत सडकको मर्मत संभारमा जुटेका छन । उपमहानगरपालिकाका नगर प्रमुख साहले सडकको अवस्था बारे चासो व्यक्त गरेर हुलाकी सडक आयोजनाका प्रमुख र उपमहानगरपालिकाका योजना शाखालाई मर्मत कामलाई तत्काल गति बढाउन निर्देशन दिए पछि मर्मत कार्यले द्रुत गति लिएको हो । लामो समयसम्म काम रोकिएर अलपत्र परेको सडक उपमहानगरपालिकाका नगर प्रमुखको पहल पछि कामले तिब्रता लिएपछि स्थानीयमा खुसीयाली छाएको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ पुल चोक बस्ने सुर्यदेव मंडलले जानकारी दिएका छन ।