काठमाडौँ , भदौ २० गते । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंको भृकुटीमण्डपमा सांघातिक आक्रमण भएको छ । रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार यादवलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । यादवको टाउको पछाडि चोट लागेको छ ।यादवमाथि धारिलो हतियारले आक्रमण गरिएको बताइएको छ ।साभार : कान्तिपुर