जनकपुरधाम, भदौ २२ गते । जनकपुरधाम उपमहानगरपालिकको प्रमुख प्रशासकिय अधिकृतको रुपमा सुमन कुमार कार्की आउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) का उप—सचिव सुमन कुमार कार्की जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा आउने भएका हुन् । यस अघि उनी उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा कार्यरत्त थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०८०।०५।१८ गतेको निर्णयानुसार उनलाई जनकपुरधाम उपमहानगरपालिकको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिईएको हो