दिपेश मल्लिक
जनकपुरधाम, कार्तिक ५ गते । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले जनकपुरधाम देखि मान सरोवर सम्मको यात्रा सहज वनाउन सरकारसंग मांग गर्नु भएको छ ।
स्थानीय बलराम गुप्ताको पहलमा आउनु भएका नेता निधिले जनकपुरवासीलाई विजयादशमीको शुभकामना संगै मानसरोवर र कैलास धार्मिक स्थल भएकोले सवैलाई दर्शन गर्र्न आग्रह गर्नुभयो ।
सात दिनको धार्मिक यात्रापछि जनकपुरधाम फर्किनु भएका नेता निधिले भन्नु भयो सीता र सतिको सम्बद्धलाई प्रगाढ बनाउन जनकपुरधाम देखि मानसरोवर, कैलास सम्मको मार्ग विस्तारको लागि मधेश सरकारलाई पहल गर्न ध्यानाकर्षण गराउनु भयो । हुमला-जुमलाको लामखा गाउंपालिका अन्तर्गत लापचा भन्ने ठाउंबाट मानसरोवर र कैलास जान नेपालवाटै सम्भव रहेको समेत जानकारी गराउनु भयो ।
जनकपुर विमान स्थलमा सञ्चारकर्मीहरुसंग कुरा गरिने क्रममा नेता निधिले भन्नु भयो कि जनकपुरधाम र मानसरोवरलाई जोड्न सरकारसंग जोडदार मांग गर्ने प्रतिबद्धता समेत गर्नुभयो. । उनले भने कैलास र मानसरोबर चिनको तिब्बतमा रहेपनि सनातनकाल देखि नेपालकै भूमिबाट जाने बाटो हुदा हाल कुटनितिक कारणले फरक भएको बताउनु भयो । हिन्दु धर्मावलम्बीहरुका लागि दर्शनार्थी ठाउंहरु चारधाम, पशुपतिनाथ, जानकी मन्दिर जस्तै मानसरोवर र कैलास पनि रहको बताउनु भयो ।