काठमाडौं,कार्तिक १७ गते । सनातन हिन्दुधर्ममाथि भइरहेको चौतर्फी आक्रमणप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू चिन्तित रहेको बताएका छन्। प्रधानमन्त्री दाहालले पछिल्लो समय धर्मान्तरण भइरहेको विषयप्रति आफू सचेत र चिन्तित रहेको बताएका हुन्।हिन्दु धर्मका अगुवा र मुलुकका प्रतिष्ठित सन्त महात्मासँगको भेटमा प्रधानमन्त्री दाहालले पछिल्लो समय धर्मान्तरणले व्यापकता पाइरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।
प्रधानमन्त्री दाहालले मुलुक धर्म निरपेक्ष घोषणा भइसकेपछि संविधानमा आफ्नै पहलमा ‘धर्म निरपेक्ष’ भन्नाले सनातनदेखि चलिआएको धर्म, संस्कृतिका संरक्षणलगायत धार्मिक सांस्कृतिक स्वतन्त्रा सम्झनु पर्छ भन्ने शब्द राखेको दाबीसमेत गरेका छन्।गत सोमबार प्रधानमन्त्री दाहाललाई भेट्न गएका हिन्दु धर्मका अगुवा तथा सन्त महात्मासँगको भेटमा प्रधानमन्त्री दाहालले धर्मान्तरण विगतमा पनि हुने गरेको तर पछिल्लो समय ह्वात्तै बढेको भन्दै चिन्ता जनाएको भेटमा सहभागीहरुले जनाएका छन्।
उनले धर्मान्तरण रोक्नकै लागि आफूले संविधानमा सनातनदेखि चलिआएको धर्म, संस्कृतिका संरक्षणलगायत धार्मिक सांस्कृतिक स्वतन्त्रा सम्झनु पर्छ भन्ने शब्द राखेको दाबीसमेत गरेका थिए।
उनले धर्मान्तरण रोक्नकै लागि आफूले संविधानमा सनातनदेखि चलिआएको धर्म, संस्कृतिका संरक्षणलगायत धार्मिक सांस्कृतिक स्वतन्त्रा सम्झनु पर्छ भन्ने शब्द राखेको दाबीसमेत गरेका थिए।उनले धर्म परिवर्तन र हिन्दु धर्मप्रति भइरहेको आक्रमण रोक्ने सरकारले पहल गर्ने आश्वासन दिएका थिए। धर्मगुरुसँगको भेटमा हिन्दु धर्मको रक्षा गर्न आफूले पहल गरेको दाबी गरेका प्रधानमन्त्री दाहालको जोसँग भेट्यो त्यही अनुसारको कुरा गर्ने बानी रहेको आलोचनकहरुले टिप्पणी गर्छन्।
सोमबार हिन्दुधर्मका अगुवा धर्म गुरुसँगको भेटमा पनि प्रधानमन्त्री दाहालले उनीहरुकै लाइनको कुरा गरेको देखिएको छ। त्यसो त दाहालले माओवादी केन्द्रको पदाधिकारी बैठकमा नेतृ पम्फा भुसालमार्फत हिन्दु धर्मप्रतिको प्रस्ताव अगाडि सारेका थिए।सो बैठकमा ‘नेपाललाई हिन्दु राष्ट्र बनाउँदा के फरक पर्छ?’ भन्ने प्रस्ताव दाहालले भुसालमार्फत प्रवेश गराएका थिए।त्यसमाथि भारतले नेपाललाई हिन्दु राज्य बनाउनुपर्छ भनेर पहिला नै प्रधानमन्त्री दाहालबाट लिइसकेको बताइएको छ। भारतले २०२४ अगाडि नै नेपाललाई हिन्दु राष्ट्र बनाउने प्रयास गरिरहेको सन्दर्भमा प्रधानमन्त्री दाहाल पनि हिन्दुको मुद्दालाई मलजल गर्ने पक्षमा देखिएका छन्।तर आलोचकहरुले भने जसलाई भेट्यो त्यही अनुसारको कुरा गर्ने दाहालको बानी भएका कारण हिन्दु राष्ट्रको पक्षमा जाने संभावना नरहेको बताउँछन्।
साभार : डिसी नेपाल