जनकपुरधाम ,कार्तिक २१ गते ।बिदेह नगरपालिकाकी कक्षा १२ मा अध्यनरत्त १८ वर्षीय प्रतिभा कुमारी सहनी साँकेतिक रुपमा सोमबार एक घण्टाका लागि विदेह नगरपालिकाको नगर प्रमुख बनेकी छिन । बालिकाहरुलाई सशक्तिकरण गर्ने उदेश्यले प्लान इन्टरनेशनल नेपालको ‘गल्र्स टेक ओभर’ कार्यक्रम अन्तर्गत सोमबार प्रतिकात्मक रुपमा उहाँलाई विदेह नगरपालिकाको नगर प्रमुख बनाइएको हो । आज धनुषाको विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले आफू बसेको कुर्सी खाली गरेर प्रतिभालाई नगर प्रमुख पदको जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो । नगर प्रमुखको पदभार ग्रहण गरेपछि संचारकर्मीलाई प्रतिक्रिया दिदै प्रतिभाले जिवनमा नगर प्रमुख बन्छु भन्ने कुरा कहिले पनि आफुले नसोचेको र आज आफु नगर प्रमुखको कुर्र्सीमा बिरजमान भएपछि आफुलाई भाग्यमानी ठानेको बताउनु भयो । उहाँले आफु शुरु देखिनै शिक्षक बन्न रुचाएको बताउनु भएको थियो । केही वेरका लागि नगर प्रमुख बन्नेका प्रतिभाले नगरपालिका कार्यालयमा उपस्थित कर्मचारीहरु सँग नगरपालिकाले गर्ने कामकाज , हाल सम्म नगरमा भएका कामकाज र आम नागरिकको समस्याका वारेमा जानकारी लिनु भएको थियो । उहाँलाई विदेह नगरपालिकाका कार्यकारी अधिकृत संजिव साहले नगर प्रमुखको काम कर्तव्य र हाल सम्म नगरपालिकामा भएका विकास निमार्णको कामका बारेमा जानकी गराउनु भएको थियो । केही वेरका लागि नगर प्रमुख भएका प्रतिभालाई विदेह नगरपालिकाका किशोरीहरुले शिक्षा र स्वास्थयको क्षेत्रमा नगरपालिकाका किशोरीहरुले भोग्दै आएको समस्याको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा उठेका विषय वस्तुहरुको जवाफ दिदै विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले नगरको स्वरुप फेरिने किसिमले कामकाज अगाडी बढाइएको बताउनु भयो । उहाँले वितिय समानीकरणका लागि आएको १० करोड ७१ लाख रकम मध्ये चार करोड २० लाख बजेट शिक्षा क्षेत्रको लागि मात्रै छुटयाएको बताउनु भयो । उहाँले यस आर्थिक वर्षमा कृषि विद्युतीकरणमा २ करोड रकम छुटयाएको र अगामी दिनमा किसानलाई सिचाइको समस्या समाधान हुने बताउनु भयो । उहाँले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा रोखर कामकाज भइरहेको र नगरको ९ वटै वाडामा स्वास्थ्य चौकी रहेको बताउनु भयो । प्लान इन्टरनेशनल नेपालका प्रत्याभूत संचार संयोजक अन्जु साकयले कार्यक्रम संचालन गर्दै हाल सम्म ५४ जना किशोरीले विभिन्न पदको पद हस्तान्तरण’गरी सकेको र अझै यो अभियान जारी रहने बताउनु भयो । कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका पुर्व क्षेत्रिय कार्यालयका क्षेत्रिय प्रबन्धक रविशंकर पंडितले किशोरीहरुको समान शत्ति ,समान स्वतन्त्रता र समान प्रतिनिधित्वका लागि अभियान संचालन गरिएको जानकारी दिदै विश्वको ७५ वटा देशमा यो कार्यक्रम भइरहेको बताउनु भयो । उहाँले समाजमा जकडिएको लैंगिक विभेदका कारण बालकको तुलनामा बालिका तथा किशोरीहरू बढी विभेद, हिंसा, दुव्र्यवहारको जोखिममा हुने भएकोले यस प्रकारको कार्यक्रमले बालिकाहरुको आत्मबल बढने बताउनु भयो । कार्यक्रममा नगरपालिकाको कार्यपालिका सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।हरेक वर्ष ११ अक्टोबरमा ‘अन्तर्राष्ट्रिय बालिका दिवस’ मनाउने गरिएको छ । प्लान इन्टरनेशनलको द्यभअबगकभ क्ष् बm ब नष्च िअभियानको पैरवीका कारण सन् २०११ मा संयुक्त राष्ट्र संघले हरेक वर्ष अक्टोबर ११ लाई बालिका दिवस घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बालिका दिवस सन् २०१२ देखि संसारभर मनाउन थालिएको हो । बालिका दिवस सुरु भएको एक दशक पुरा भएको सन्दर्भमा यस वर्ष अझ विशेष बनेको छ । समाजमा जकडिएको लैंगिक विभेदका कारण बालकको तुलनामा बालिका तथा किशोरीहरू बढी विभेद, हिंसा, दुव्र्यवहारको जोखिममा हुने भएकोले यो दिवसको परिकल्पना गरिएको हो । यस वर्षको बालिका दिवसको नारा बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी रहेको छ ।
बाल अधिकार त्यसमा पनि विशेषतः बालिकाहरूलाई केन्द्रमा राखी कार्यरत संस्था प्लान इन्टरनेशनलले बालिका दिवसको अवसरमा विश्वभर नै ‘गर्ल्स टेक ओभर’ अर्थात ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम आयोजना गर्दै आएको छ । यो किशोरी सशक्तिकरणको एक नियमित अभियान हो । नेपालमा बालिका केन्द्रित विभिन्न नागरिक समाजहरूसँगको हातेमालोमा विगत झैं यस वर्ष पनि संघीय र जिल्लास्तरमा गल्र्स टेक अभर अभियानलाई निरन्तरता दिने भएको छ । गल्र्स टेक ओभर देशभरका ७ जिल्लामा ५० जना किशोरीहरूले विभिन्न संस्थाहरूमा ५० भन्दा बढी पदको नेतृत्व लिइएको छ । जिल्ला, प्रदेश, संघीयस्तरमा हुने प्रत्येक पदभार ग्रहणको समयमा किशोरीबाट पदीय जिमेवारीमा रहि किशोरीमाथि लगानी, समावेशितामा आधारित किशोरी लक्षित कार्यक्रम र किशोरी तथा युवा महिलाको शक्ति र नेतृत्वको बारेमा संस्थाको प्रतिबद्धता रहने र हुनुपर्ने कुरामा छलफल गरिएको छ ।