दिपेश मल्लिक,
जनकपुरधाम,कार्तिक २२ गते ।वरिष्ठ साहित्यकार डा. राजेन्द्र प्रसाद विमलले नैतिकवान मधेसको परिकल्पना गर्न गलत व्यक्तिलाई कहिले प्रश्रय नदिन आग्रह गर्नुभएका छन ।
वुधवार जनकपुरधाममा आयोजित सशक्त नैतिक शिक्षा कार्यक्रममा प्रमुख अतिथिका आसनवाट बोल्दै भने चरित्रहिन व्यक्तिलाई समाजवाट बहिष्कृत गर्न सवैले मिलेर सहयोग गर्र्न आवश्यकता रहेका तथा कुसंगतवाट बच्न निवृति मार्ग र प्रवृति मार्ग अपनाउन निर्देशन दिनुभयो ।
उनले पश्चात्य सभ्याता तथा सोशल साईट्सका कारण विकृतिहरु समाजमा दिनानुदिन बढ्दै गएकोले यसवाट बच्न पहिले आफै नैतिकवान भई राष्ट्र प्रेमको भावनाले ओतप्रोत भई अगाडि बढ्न आवश्यकता रहेका बताए ।
त्यस्तै मधेशी आयोगका अध्यक्ष डा. विजय दत्तले मधेशी समुदायलाई सशक्तीकरण गर्नका लागि नै आयोगको स्थापना भएको बताउदै राष्ट्रिय नीति तथा कार्यक्रमको तर्जुमा गरी कार्यान्वयनका लागि कानूनी, नीतिगत तथा संस्थागत व्यवस्थामा जानुपर्ने धारण राख्नुभयो ।
उनले अन्तर्राष्ट्रिय सन्धि सम्झौता कार्यान्वयन भए नभएको अनुगमन गरी नेपाल सरकारलाई कार्यान्वयको लािग मांग गरिने बताउंदै ०७८ का जनगणना अनुसार मधेश प्रदेशका केहि वास्तविकता तथ्यांक अनुसार सार्वजनिक भएका कारण गंभिर संकटले ग्रसित भएका मधेश प्रदेशमा पूणर् साक्षर अभियान चलाउन तथा नैतिक वान मधेश वनाउन नैतिक शिक्षा अपरिहार्य रहेका ध्यानाकर्षण गराउनु भयो ।
वरिष्ठ पत्रकार सुजीत कुमार झाद्वारा कार्यपत्र प्रस्तुत भएका कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कुमार कणर् , मधेशी आयोगका रुद्र प्रसाद लामिछाने , आयोगका उपसचिव सविता डंगेल सहितका वक्ताहरुले आ-आफ्ना मन्तव्य प्रकट गर्नु भएका थिए ।