काठमाडौं, फागुन २८ : राष्ट्रिय सभा अध्यक्षका लागि सत्ता गठबन्धनबाट माओवादीका नारायण दाहाल र कांग्रेसका युवराज शर्माले मनोनयन दर्ता गरेका छन्।
सत्ता गठबन्धनका उमेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन्।
यस्तै कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा)का शेखरकुमार सिंह छन्।
राष्ट्रिय सभा अध्यक्षका लागि भोलि निर्वाचत हुँदैछ।
साभार : काठमाडौं प्रेस