जनकपुरधाम ,१६ गते बैसाख । गत बैसाख १२ गते महोत्तरीको मटिहानी नगरपालिका ६ जरलहवा बस्तीमा भएका आगलागी प्रभावित रुर प्रभाबित परिवारलाई जनही प्रेसर कुकर एक थान, डेकची एक थान, कढाई एक थान, डाडु एक थान, गिलास ६ थान, थाली ६ थान, कचौडा ६ थान, प्लाष्टिकको बाल्टिन एक थान वितरण गरिएको राष्ट्रिय कृषक समुह महासंघका मधेश प्रदेश अध्यक्ष दिपक कुमार ठाकुरले जानकारी दिनुभयो ।
आगलगीबाट प्रभावित भएका सो बस्तीका मुस्लिम तथा दलितहरुलाई अन्य संघसंस्थाहरुले खानेकुरा लगायतका सामानहरु सहयोग गरिरहेपनि खुल्ला आकाश मुनी बाच्न बाध्य भएका उनिहरुलाई तत्काल घरको आवश्यक्ता रहेका छन् । आगलगीले पुर्ण रुपमा एक सय ७ वटा घर जलेकाले ति घरमा बसोबास गर्ने बृद्ध, महिला तथा बालबालिकाहरुलाई थप समस्या भइरहेको छ ।
उनिहरुलाई खान,बस्न तथा औषधिउपचारको आवश्यक्ता रहेको आगलगी प्रभावित स्थानीय मो. सफिक अन्सारीले बताए ।मानवीय सहायता साझेदार मञ्चले विगत पाँच वर्ष देखि मानवीय सहायता क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुको सामुहिकतामा मानवीय सहायता साझेदारी मञ्च गठन गरि सहयोग गर्दै आएका छन् । सो राहत वितरणमा राष्ट्रिय कृषक समुह महासंघका मधेश प्रदेशका विभिन्न जिल्लाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।