काठमाडौं, असार ९ : संसद्मा मादकपदार्थ सेवन गरेर आउने सांसदलाई ६ महिना निलम्बन गर्न कांग्रेसका सांसद जितजंग बस्नेतले माग गरेका छन्।आइतबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले संसद्को अनुशासनको कुरा गरेर आफैं अनुशासनहिन नहोस् भन्दै त्यस्तो भए ६ महिना निलम्बन गर्न माग गरे।
केही दिनअघि प्रतिनिधिसभा बैठकमा एक महिला सांसदले पुरुष सांसद मादकपदार्थ सेवन गरी संसद्मा आएको कुरा उठाएको भन्दै उनले संसद्को अनुशासनको कुरा गरेर आफैं अनुशासनहिन काम गर्ने सांसदलाई ६ महिनाको निलम्बन गरिनुपर्ने बताए।‘प्रतिनिधिसभामा महिला सांसदले पुरुष एकजना सांसद संसद्मा रक्सी खाएर आउनुहुन्छ भन्नुभयो। यदी त्यसो हो भने कारबाही हुनुपर्छ,’ उनले भने, ‘संसद्को अनुशासनको कुरा गरेर आफैँ अनुशासनहिन नहोस् । त्यस्तो कार्य भए ६ महिनाको निलम्बन हुनुपर्छ।’
साभार : काठमाडौं प्रेस
2 वर्ष पहिले
300 Post Views





_1782642472.jpeg)

