जनकपुरधाम, साउन २४ ।नागरिकको संवैधानिक र मानव अधिकार सम्बन्धि भूमिका बारे धनुषाका मिडियाकर्मीहरु संग अभिमुखिकरण कार्यक्रम भएकाे छ ।
दलित समाज उत्थान समिति नेपालको आयोजनामा बुधवार भएकाे एक दिने सहजीकरण काफर्यक्रममा धनुषाका करिव दुई दर्जन सञ्चारकर्मीहरु सहभागि रहेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशाेरी साहकाे प्रमुख आतिथ्यमा सुरू भएकाे कार्यक्रममा नागरिकको संवैधानिक र मानव अधिकार, नयाँ फौजदारी, देवानी र प्यानल संहिता बारे नागरिकलाई जानकारी गराउन सञ्चारक्षेत्रको भुमिका बारे अवगत गराउन कार्यक्रम लक्षित गरिएकाे हाे ।
युएनडिपीको आर्थिक तथा प्राविधिक सहयोग तथा समितिको सहजीकरणमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका र लक्ष्मीनियाँ गाँउपालिकाको ८ तथा महोतरीको महोतरी र मनरासिस्वा पालिकाको १० गरि कुल १८ वटा वडाहरुमा सञ्चालित परियोजनाले सो उद्देश्यका साथ काम गरिरहेको परियोजना मधेशकी संयोजक उर्मिला रोक्काले जानकारी गराईन् ।
दलित समाज उत्थान समिति नेपालकी अध्यक्ष डेजी पाण्डेले सबैले आ-आफनो समस्या र चुनौती मात्र देखाएर अव निकास ननिस्कने भन्दै समाधानका लागि अग्रसर हुन आवश्यक रहेकी जाेड दिईन् ।
उनले न्यायिक समितिमा पहुच अभिवृद्धिहाेस भन्ने उद्देश्य कार्यक्रमकाे रहेकाे बताईन ।
वरिष्ठ पत्रकार एवं खाेजवीन साप्ताहिकका प्रकाशक कमल साहकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा दलित समाज उत्थान समिति नेपालका संस्थापक अध्यक्ष सुनिल ठाकुर, UNDP का उर्मिला राेक्का, वरिष्ठ पत्रकार अजय झा, सुजित कुमार झा, पत्रकार महासंघ धनुषाका सचिव बटुकनाथ झा , अधिवक्ता मन्सुर राईन , पत्रकार धर्वेन्द्र झा लगायतका उपिस्थिति रहेका थिए ।