जनकपुरधाम,साउन २९ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज आठ राज्यमन्त्रीलाई हटाएका गरेका छन् ।
जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै चर्को आलोचना भएपछिको मुख्यमन्त्री सिंहले आठ राज्यमन्त्री हटाएका हुन् । अब प्रदेशमा मुख्यमन्त्रीसहित १२ मन्त्री रहनेछन् ।
साउन २० मा एमालेका मोहम्मद जैद आलम, लोसपाका रामवावु यादव, जनमतका शम्भु कुमार साह, कांग्रेसका रेखा ठाकुर र निलम कुमारीलाई राज्यमन्त्री नियुक्त गरेको थियो ।
यसअघि नै एमालेका केशव राय, शारदादेवी थापा र जनमतका रन्जु खंगलाई राज्यमन्त्री नियुक्त गरिएको थियो । उनीहरूलाई पनि हटाइएको छ ।
पार्टीसँग सल्लाह नगरी राज्यमन्त्री थपेको भन्दै मुख्यमन्त्री सिंहलाई जनमत पार्टीले स्पष्टीकरण सोधेको छ । जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै जसपाका युवा-विद्यार्थीले आन्दोलन गर्दै आएका थिए ।
साभार : नेपाल प्रेस