जनकपुरधाम, कार्तिक १ गते ।मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ वकिल टोलस्थित मोडर्न ईंङ्खलिस सेकेन्ड्री बोर्डिंग स्कुलले २८ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । धनुषाको शैक्षिक क्षेत्रमा आफनो छुट्टै स्थान बनाउन सफल मोडर्नले बिहीवार २८ औं वार्षिकोत्सव मनाएको हो । २०५४ सालमा स्थापित यस विद्यालयबाट एसएलसी दिएर गएका विद्यार्थीहरु डक्टर इन्जिनियर विजिनेश मेन सहित विभिन्न क्षेत्रमा राम्रो गरिरहेका छन । पढाइदेखि हरेक क्षेत्रमा मोडर्नबाट पढेकाहरू अग्रस्थानमा हुँदा गर्व लाग्ने गरेको विद्यालयका संस्थापकरप्रिन्सिपल चन्द्र नारायण मंडलले बताए । संस्थापकरप्रिन्सिपल मंडलले २८ औ वर्षमा पुग्दा ठूलो चुनौतीहरु पार गरेको बताए । अधिकाश अभिभावकहरु बालबालिका विद्यालयमा भर्ना भएपछि आफ्नो जिम्मेवारीबाट पन्छिने प्रवृत्ति समाजमा देखिएको भन्दै बढी भन्दा बढी समय बच्चाहरुलाई दिन जरुरी रहेको उनले औल्याएका छन । उनले भने मैले विद्यालयमा बच्चाहरुलाई रचनात्मक काममा अग्रसर गराई उनीहरुको सिकाईलाई प्रभावकारी बनाउनतर्फ जोड दिएको छु ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हिरा मंडलले विद्यालयमा शैक्षिक, ब्यावहारिक ज्ञानका साथै खेलकुद गतिविधिहरुमा चासो दिएर योजनावद्घ रुपमा काम गर्दा सफलता मिलेको बताए । उनले शैक्षिक विकासमा नीजि क्षेत्रको लगानीमा सरकारको सकारात्मक दृष्टिकोण नआएको दुःखेसो पोखे । ठुलो सरकारी लगानी भएका सामुदायिक विद्यालयमा भन्दा नीजि क्षेत्रबाट दक्ष जनशक्ति उत्पादन भएको उनको दाबी छ । अन्य विद्यालयहरुले समेत अनुसरण गर्ने गरी मोडर्नबाट योजना बनाएर काम गर्दा सफलता पाएको उनले दाबी गरे ।