पर्सा । वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा कलम उद्योग सञ्चालनमा आएको छ। शुक्रबारदेखि सञ्चालनमा आएको वीणाशक्ति पेपर एन्ड स्टेसनरी प्रोडक्ट नामक कलम उद्योगमा २५ करोड रुपियाँ लगानी भएको बताइएको छ। बारा जिल्लाको चैनपुरमा स्थापना भएको यस कलम उद्योगले २४ घण्टामा चार लाखसम्म विभिन्न प्रकारका कलम उत्पादन गर्ने सो उद्योगका सञ्चालक मनोजकुमार मरोदियाले बताउनुभयो। यो उद्योगले मुलुकमा खपत हुने कलमको ४० देखि ५० प्रतिशत माग पूरा गर्ने उहाँले बताउनुभयो। यो उद्योगमा प्रत्यक्ष रूपमा १२५ जनाले रोजगारी पाउने भएका छन्। भन्सार विभागको एक तथ्याङ्कअनुसार मुलुकमा वार्षिक ३० करोड थान कलमको आयात हुने गरेको छ। साभार : गोरखापत्र
4 वर्ष पहिले
265 Post Views



_1781661152.jpg)



