चन्दन ठाकुर
महोत्तरी, कार्तिक ६ गते । महोत्तरीको महोत्तरी गाउँपालिका–१, सनोखडामा श्री सीताराम नामजप महायज्ञ सुरु भएको छ। आयोजकका अनुसार महायज्ञ अन्तर्गत आज कलशयात्रा निकालिएकाे र दिउँसो २ बजे सीताराम नामजप नवाह सुरु हाे। त्यसैगरी, कात्तिक १६ गते सोमबार दिउँसो ४ बजे महायज्ञको समापन गरिने कार्यक्रम रहेको छ। समापनका अवसरमा मण्डपसम्बन्धी धार्मिक अनुष्ठान तथा महाप्रसाद वितरणलगायतका कार्यक्रम हुने जनाइएको छ। महायज्ञको आयोजनाबाट धार्मिक आस्था, आध्यात्मिक चेतना तथा सामाजिक सद्भाव अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
