काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरिएको छ । थाइ स्माइल जहाजको ग्राउन्ड ह्यान्डलिङलाई निरन्तरता दिन घुस मागेको पाइएपछि पर्यटन मन्त्रालयले ठाकुरलाई निलम्बन गरेको हो ।एयरलाइन्सका प्रतिनिधिसँग लेनदेनसम्बन्धी बार्गेनिङ गरेको पाइएको र प्रारम्भिक अनुसन्धानमा ठाकुरको कमजोरी देखिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले एक्सन लिएका हुन् ।उनलाई थप कारबाहीका लागि अख्तियारमा समेत पठाउने निर्णय गरिएको छ ।साभार : नेपाल प्रेस