रौतहट । मधेस प्रदेश सरकारका भौतिक पूर्वाधर विकास मन्त्री सरोज यादवले यहि सरकार ५ वर्ष रहने बताएका छन् । शनिबार चन्द्रनिगाहपुरमा आयोजित नेकपा एमालेका अगुवा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममालाई सम्बोधन गर्दै मन्त्र यादवले सो कुरा बताएका हुन् ।
मन्त्री यादवले अरु प्रदेशमा सत्ता गठबन्धनबीच कुनै बिषयमा फरक पर्न सक्ने तर मधेसमा गठबन्धन मिलेर ५ वर्ष सरकार चलाउने दावी गरे । मुख्यमन्त्रीसँग सहमति भएकाले सरकारको आयुमा कमी नहुने समेत मन्त्री यादवको भनाई थियो ।
कार्यक्रममा मधेश प्रदेश सरकारका गृह तथा सञ्चार राज्यमन्त्री केशव राय चौधरीले जिल्लाको विकासका लागि जनतासँग दुःख सुखमा सधै साथमै रहने बताए । भेटघाट कार्यक्रममा चन्द्रपुर, बृन्दावन तथा गुजरा नगरपालिकाका नेकपा एमालेका अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको एमाले मधेश प्रदेश कमिटीका उपसचिव आरती भण्डारीले जानकारी दिइन् ।साभार : रातोपाटी