काठमाडौँ । नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाले प्रत्येक वर्ष प्रदान गर्ने उमाकान्त–गीतादेवी–चन्द्रमणि स्मृति पुरस्कारबाट धनुषाका अजयकुमार साहलाई सम्मान गरिएको छ ।
विगत एक दशक देखि समाचार संकलन मार्फत राससको समाचार सेवामा निरन्तर रुपमा सक्रिय रहेर योगदान पुर्याए वापत कदर स्वरुप नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाले साहलाई सम्मान गरेका हुन् । विगत अढाइ दशक देखि पत्रकारितामा संलग्न साहलाई राससको ६२ औं वार्षिकोत्वसको उपलक्ष्यमा सम्मान गर्दै सो पुरस्कार तथा सम्मान पत्र प्रदान गरेको हो ।
शैक्षिक योग्यताले समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर साह पत्रकारिता लगायत एक दर्जन बढी विषयको प्रशिक्षक समेत हुनु हुन्छ। उहाँले विगत एक दशक देखि राससमा धनुषा प्रतिनिधिको रुपमा कार्यरत रहनुको साथै आफ्नै सम्पादनमा दुइ दशक देखि शिरीष साप्ताहिक प्रकाशन गर्दै आउनु भएको छ भने विगत पाँच वर्ष देखि शिरीष न्युज डटकम र खबर दर्पण राष्ट्रिय दैनिक पत्रिका समेत प्रकाशन र सम्पादन गर्दै आइ रह्नु भएको छ।
अढाइ दशक बढी देखि पत्रकारितामा संलग्न रहेको साह एक दशक देखि रासस मा धनुषा सम्बाददाताको रुपमा कार्यरत रहनु भएको छ। उक्त पुरस्कार अघिल्लो वर्ष मनाङका स्थानीय समाचारदाता नवीन लामिछानेलाई दिने निर्णय भएको थियो ।
साह यस अघि पनि राससबाट उत्कृष्ट फिचर लेखन र मधेस प्रदेशबाट उत्कृष्ट जिल्ला समाचारदाताको रुपमा पुरस्कृत भइसक्नुभएकाे छ भने यस वर्ष उहाँ तेश्रो पटक पुरस्कृत हुनु भएको छ।साभार : शिरीष न्युज