काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने गरी तय भएको बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको छ ।संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै आज दिउसो १ बजेका लागि तय भएको बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको जानकारी गराएको हो ।विशेष कारणवश बैठक स्थगित भएको संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।आज अपराह्न १ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट आएको सन्देश सुनाउने सम्भावित कार्यसूची थियो भने सम्पत्ति शुद्धीकरण संशोधन विधेयक र संवैधानिक परिषद् संशोधन विधेयकमाथि छलफल हुने कार्यसूची रहेको थियो ।नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा पुगेपछि आजको बैठकमा एमाले सांसदहरु प्रमुख प्रतिपक्षको लहरमा बस्ने तयारी थियो ।कांग्रेस सरकारलाई विश्वासको मत दिए पनि प्रतिपक्षकै लहरमा थियो । सचिवालयले यो प्राविधिक समस्या टुंगो नलगाउँदै बैठक स्थगित भएको हो ।यसबीचमा सरकार पुनर्गठन भएर कांग्रेस सरकारमा सहभागी भइसकेपछि एमाले प्रमुख प्रतिपक्षको लहरमा बस्नेछ ।
साभार : नेपाल प्रेस