काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघको संस्थापन पक्षबाट कुटिएर घाइते भएका नेता शिव रिमाललाई अस्पतालमा भेटेर कांग्रेस नेता डा।शेखर कोइरालाले घटनाको जानकारी लिएका छन् ।गत बिहीबार कीर्तिपुरमा नेविसंघका पूर्व कोषाध्यक्ष रिमाल र हरि आचार्यमाथि संस्थापन पक्षले सांघातिक हमला गरेको आरोप पूर्व इकाई सभापति योगेन्द्र रावलले लगाएका छन् ।नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको निर्देशनमा नेताहरू कुटिएको उनको आरोप छ । घाइते रिमालको बल्खुस्थित स्टार अस्पतालमा उपचार भइरहेको छ ।डा. शेखर कोइरालासहित नेविसंघका पूर्व अध्यक्ष रन्जित कर्ण र महामन्त्री मनोजमणि आचार्यलगायतका नेताले रिमाललाई भेटेर घटनाका दोषीमाथि कारबाही हुनुपर्ने बताएका छन् ।यसैबीच नेविंघका अध्यक्ष शेर्पाले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको सत्य तथ्यका लागि छानबिन समिति गठन गर्ने र संगठनभित्रको आन्तरिक एकतालाई मजबुत बनाउन संवाद थाल्ने बताएका छन् ।
साभार : नेपाल प्रेस