काठमाडौं । नेपाली कांग्रेसले सरकारमा जाने निर्णय गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारमा जाने र संसदमा आजबाटै प्रतिपक्षी बेन्च नेकपा एमालेलाई छाड्ने निर्णय गरेको हो ।बैठकपछि प्रवक्ता प्रकाशशरण महतले सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइसकेपछि सरकार विस्तारको प्रक्रिया अघि बढ्ने बताए ।गठबन्धन दलका बीच हुने निर्णयका आधारमा पार्टीले मन्त्रीहरू पठाउने महतले बताए ।‘भोलि विश्वासको मत लिइसकेपछि तत्काल प्रक्रिया अघि बढ्छ । गठबन्धन दलबीच कुरा भइरहेको छ । मोटामोटी आकारबारे नेतृत्व तहले गृहकार्य गरिरहेको छ’, उनले पत्रकारहरूसँग भने ।साभार : नेपाल प्रेस