जनकपुरधाम, चैत ५ गते ।महिला जनप्रतिनिधिको नेतृत्व विकास गर्दै लैँङिगक समानता लागि काम गरिरहेको माण्डवीले धनुषा जिल्लाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका १५ जना महिला जनप्रतिनिधिलाई दिएको चौथो मोड्युलको प्रशिक्षण आइतबार सम्पन्न भएको छ । बिहिबार देखि सुरु भएको सो प्रशिक्षणमा सहभागी भएको जनप्रतिनिधिहरुलाई आत्मविस्वास र नेतृत्व सीपलाई अझ निखार्दै आफ्नो भुमिकालाई प्रभावकारी बनाउन प्रशिक्षण दिइएको छ । सहभागीहरुलाई माण्डवीका प्रशिक्षकद्वय बेगबहादुर घिमिरे तथा सम्झना बर्माले विभिन्न ६ विषयमा प्रशिक्षण दिनुभएको माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो । प्रशिक्षकहरुले महिला जनप्रतिनिधिहरुलाई व्यक्तिगत उद्यमशिलता विकास, स्थानीय तहको योजना निर्माण प्रक्रिया, बजेट तथा वार्ता बारे छलफल, जनप्रतिनिधिहरुको पदअनुसारको शक्तिको बारेमा जानकारी, पैरवी गर्ने तरिका लगायतका विषयमा चार दिन सम्म प्रशिक्षण दिनुभएको छ । प्रशिक्षणको सभापन सत्रमा सो पालिकाका उपाध्यक्ष सैदा खातुनको उपस्थिती रहेको थियो । प्रशिक्षणमा सहभागी महिला जनप्रतिनिधिहरुलाई माण्डवीले समुदाय स्तरमा काम गर्ने गृहकार्य समेत दिएको छ । उहाँहरुको क्षमता अभिबृद्धिका लागि बस्ती स्तरमा गएर योजना छनोटका विभिन्न चरणहरुका बारेमा आम नागरिकमा जनचेतना जगाउने, अध्यक्ष तथा उपाध्यक्ष संग वार्तालाप गरी वडासदस्यहरुको क्षमता अभिबृद्धिका लागि तालिमको व्यवस्थापन गर्न बजेट छुट्याउन माग गर्ने निर्णय भएको छ । सहभागी महिला जनप्रतिनिधिहरुलाई माण्डवीले स्थानीय तहको बजेट निर्माण प्रक्रिया सम्बन्धी किताव समेत उपलब्ध गराएको कार्यक्रम अधिकृत चौधरीले जानकारी दिनुभयो ।
शी लिड्स तालिमको चौथो मोड्यूलले महिला वडा सदस्यको नेतृत्व भूमिकालाई निरन्तरता दिदै, महिला वडा सदस्यंको आत्मविश्वास र नेतृत्व सीपलाई अझ निखार्दै आफ्नो भूमिकालाई बढी प्रभावकारी ढंगबाट निर्वाह गर्नका थप सीप र ज्ञानको विकास गर्न सहयोग पु¥याउने प्रशिक्षकको भनाई छ । अष्ट्रेलियन एड तथा स्वीस सरकार विकास नियोगको आर्थिक सहयोग तथा आईएफईएस नेपालको प्राविधिक सहयोगमा तथा माण्डवीको साझेदारीमा मधेश प्रदेशका ५ बारा, रौटहट, सर्लाही, महोत्तरी तथा धनुषा जिल्लाका २८ वटा पालिकामा शि लिड्स कार्यक्रम संचालित छन ।