जनकपुरधाम । नेपाली काँग्रेस जनकपुर नगर समितिका प्रथम नगर सभापति लोकतान्त्रिक आन्दोलनका अथक योध्दा मथुरा प्रसाद उपाध्यायको आज २६ अौ स्मृति दिवसको अवसरमा जनकपुरमा दुई छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि श्रध्दाञ्जली अर्पण गरिएको छ। नेपाल प्रेस यूनियन धनुषा शाखाका सभापति राजन कुमार सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जनकपुर नपाका मेयर मनोज कुमार साह रहेका थिए ।जसमा राम भरत साह, प्रेस यूनियनका केन्द्रीय उपसभापति अनिल कुमार कर्ण, पत्रकार महासंघका निवर्तमान केस शैलेन्द्र झा, प्रेस यूनियनका मधेस प्रदेशका उपसभापति धिरेन्द्र साह, नेकाका युवा नेता प्रवेश चौधरी,पत्रकार पुरन गुप्ताले शब्द श्रध्दाञ्जली अर्पण गरेका उक्त अवसरमा वहाँका कान्छो छोरा नेका धनुषाका नेता प्रफुल्ल राज घिमिरेले बुवा मथुरा प्रसाद उपाध्यायको नाउँमा अक्षयकोषको स्थापना गरी प्रेस यूनियनकै मञ्चबाट प्रति वर्ष पुरस्कार प्रदान गर्ने घोषणा गर्नु भए लगत्तै अनिल कुमार कर्णले उक्त कोषमा रू दश हजार दिने वचनबद्धता जाहिर गर्नु भयो भने मेयर मनोज कुमार साहले कोषलाई सबलता प्रदान गर्न जनपाले राम्रै सहयोग गर्ने र लोकतान्त्रिक आन्दोलनका क्रममा शहादत प्राप्त एंव विभुतिहरू सम्बन्धि पुस्तक प्रकाशन भए छपाई सम्बन्धि संपूर्ण खर्च जनपाले जिम्म लिने प्रतिबद्धता आफ्नो प्रमुख अतिथिको आशनबाट मन्तब्यमा दिने क्रममा स्पष्ट पार्नु भएको थियो। उक्त अवसरमा नेपाल प्रेस यूनियन मधेस प्रदेशका सदस्यहरू दिपेश मल्लिक, लक्ष्मी चौधरी, नेकपा समाजवादी प्रेस संगठनका धनुषा सभापति अकुल प्रसाद साह, ध्रुव झा, मन्ना झा, चन्दन ठाकुर, किशोर मण्डल, वडा १०,१३,२२ लगायतका वडाध्यक्षहरूको उपस्थिति रहेको थियो।
त्यस्तै बिधि जनपा ११ का नेका वडा सभापति संजय साहको सभापतित्व एंव मधेस प्रदेशका सभासदस्य पूर्व मन्त्री राम सरोज यादवको प्रमुख आतिथ्यमा सम्पन्न श्रध्दाञ्जली सभामा राम भरत साह, मधेस प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य प्रमिला दास, नेका जिल्ला उपसभापति गणेश झा, जिल्ला सदस्य उमेश साह, युवा नेता प्रफुल्ल राज घिमिरे,नगर उपसभापति राकेश बिक्रम, नेका नगरका पूर्व सभापति, नेकपा समाजबादीका नगर सभापति प्रमोद साह, धिरेन्द्र मोहन झा लगायतकाले श्रध्दासुमन अर्पण गरिएको उक्त अवसरमा प्रमुख अतिथि यादवले लोकतान्त्रिक आन्दोलनका योध्दा वीर शहिद एंव विभुतिहरू सम्बन्धि पुस्तक प्रकाशन भए सहयोग गर्ने प्रतिबद्धता जाहिर गर्नु भएको थियोे भने वक्ताहरूको भावना अनुसार अब उपरान्त स्मृति दिवस मनमउनु भन्दा जन्म दिवस मनाउने साझा सहमति आएको थियो।उक्त अवसरमा वडा नम्बर ७ का सभापति श्याम साह, सचिव प्रमोद कुमार श्रीवास्तव, संजीव साह टीका,जानकी साह ,मनोज साह, बलराम साह,पेट्रोलियम डिलर एशोशिएसनका अध्यक्ष बलराम गुप्ता , ज्ञानु मण्डल,नितु मल्लिक लाभ, अमित शर्मा, रामचन्द्र चौधरी, गणेश साह लगायत वडा नम्बर १० र ११ का निर्वाचित वडा सदस्य जनप्रतिनिधि महिला एंव पुरूषहरूको राम्रै उपस्थिति रहेको थियोे।