काठमाडौं, चैत १९ गते । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना हुनुभएको छ । पेटमा समस्या भएपछि उहाँ शनिबार साँझ उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले जानकारी दिनुभयो ।“राष्ट्रपति पौडेल पेटमा समस्या आएपछि अस्पतालमा भर्ना हुनुभएको हो”, उहाँले भन्नुभयो । अस्पतालले राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भई उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा भर्ना हुनुभएको र उहाँ हाल चिकित्सकहरूको निगरानीमा रहनुभएको अस्पतालले जनाएको छ ।साभार : गोरखापत्र
3 वर्ष पहिले
236 Post Views







