काठमाडौं । उद्योगी तथा समाजसेवी दिनबन्धु गोयललाई वीरता जेसीजले उत्कृष्ट नागरिक घोषणा गर्दै अभिनन्दन गरेको छ । प्रत्येक वर्ष आयोजना हुने उत्कृष्ट नागरिक अभिनन्दनको यो २३ औं संस्करण हो । वीरता जेसीज पूर्व अध्यक्ष क्लबले प्रत्येक वर्ष गर्दै आएको अभिनन्दन यो वर्ष २०७९ का लागि विराटनगरका समाजसेवी गोयललाई प्रदान गरेकाे हाे । तीन दशक यता निरन्तर समाजिक क्षेत्रमा सक्रिय गोयलले पछिल्लो पटक झापा भद्रपुरका घरबार विहीन १४ परिवारलाई आवासको प्रबन्ध गरिदिएका छन् । उनले प्रत्येक वर्ष सयौँ विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुको साथै विपन्न महिलाहरूलाई जिविकोपार्जनमा आर्थिक सहयोग गर्दै आएका छन् । समाजसेवीका रुपमा मुलुकका विभिन्न स्थानबाट सम्मानित गोयललाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह श्रेष्ठले अभिनन्दन पत्र प्रदान गरे ।उत्कृष्ट नागरिक सम्मान समारोह २०७९ का संयोजक किरण श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत, नेपाल जेसीज कार्यकारिणी उपाध्यक्ष रस्मी बस्नेत, नेपाल कांग्रेसका कोशी प्रदेश सभापति उद्धव थापालगायतले शुभकामना मन्तव्य राखेका थिए ।सो समारोहमा १ सय बढी संघ संस्थाहरूले उत्कृष्ट नागरिक गोयललाई अपेक्षासहित मायाको चिनो प्रदान गरेका थिए ।साभार : कोसी अनलाइन