काठमाडौं । तेस्राे पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड पहिलो विदेश भ्रमणका लागि भारत जाने भएका छन् । वैशाख १५ देखि तीन दिन भारत भ्रमण गर्ने तयारी गरेका हुन् । भ्रमणका लागि सरकारले गृहकार्य अघि बढाएको छ ।नयाँ घटनाक्रम केही नभए र सबै कुरा अहिलेको योजनाअनुसार अघि बढे प्रधानमन्त्री दाहाल १५ गते दिल्लीतर्फ उड्नेछन् । तेस्रो पटक प्रधानमन्त्री भएका दाहालको पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्न लागेका हुन् । भारतको विदेश मन्त्रालयले मिति प्रस्ताव गरेर परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेबमोजिम भ्रमण गर्ने तयारी छ । भ्रमणकै गृहकार्य भइरहेका बेला कांग्रेस नेता एनपी साउद आइतबार परराष्ट्रमन्त्री नियुक्त भएका थिए । परराष्ट्रमन्त्री साउदले भ्रमणको गृहकार्य भइरहे पनि मितिको सन्दर्भमा अझै छलफल चलिरहेकै बताए । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार हरिबोल गजुरेलले भ्रमणको मिति निश्चित गर्ने गृहकार्य भइरहेको बताए ।साभार : कोसी अनलाइन