काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत समूह चरणकाे आफ्नो अन्तिम खेलमा कतारविरुद्ध जित हात पार्दै नेपाल समूह विजेता बनेकाे छ । पहिलाे इनिङमा खराब ब्याटिङ गरेको नेपाललाई बलिङले जित दिलाएको हाे । नेपालको जितमा सन्दीप लामिछाने नायक बने ।टस हारेर पहिलाे ब्याटिङ गरेकाे नेपालले १५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेकाे थियाे । सन्दीपले ५ विकेट लिएपछि कतार २५.१ ओभरमा ८९ रनमै अलआउट भयाे । नेपालका लागि साेमपाल कामीले पनि महत्वपूर्ण तीन विकेट लिए ।साभार : नेपाल प्रेस