काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली शरणार्थी प्रकरणमा सरकारसँग सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म भएको प्रगतिमा प्रधानमन्त्री र गृहमन्त्रीलाई बधाई दिए ।उनले भने, ‘यसका हामी सबैको एउटै आवाज छ संलग्न जोसुकै होस् । जुनसुकै दल, तह र ओहोदाको होस् । कारबाहीको दायरामा ल्याउनुपर्छ ।’बजारको हाल्ला, भेटघाट र कुनै प्रभावले छानबिनमाथि प्रभावित हुन नहुने उनले बताए ।उनले भने, ‘निर्दोष कोही नपरोस् । तर, दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछाड्नुस् । यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भनेर सुशासनको नारा लगाउन सकिन्छ । तपाईंको फिल्म चल्छ हाउसफुल हुन्छ ।’साभार : नेपाल प्रेस