काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार भारत भ्रमणमा जाने भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार प्रधानमन्त्री दाहाल भारतको औपचारिक भ्रमणमा जान लागेका हुन् ।परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक विज्ञप्ति जारी गरेर भ्रमणमा नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुने जानकारी दिएको छ।उनको साथमा उनकी छोरी गंगा दाहाल पनि जानेछन् ।भ्रमणका क्रममा प्रधानमन्त्रीले दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै उपराष्ट्रपति जगदीप धनखरसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।दाहालले जेठ १८ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्। भारतका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्री र प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।प्रधानमन्त्री दाहालले भारतका लागि नेपाली राजदूत एचईले आयोजना गरेको स्वागत स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्नेछन् ।प्रधानमन्त्रीले शनिबार काठमाडौं फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ ।नेपालको प्रधानमन्त्रीका रुपमा प्रधानमन्त्री ‘प्रचण्ड’को यो चौथो भारत भ्रमण हो । यस भ्रमणले नेपाल र भारतबीचको सदियौं पुरानो, बहुआयामिक र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने परराष्ट्रमन्त्रालयले जनाएको छ । भारतीय परराष्ट्र मन्त्रालयले पनि भ्रमणबारे औपचारिक घोषणा गरेकाे छ ।साभार : नेपाल प्रेस