काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको अन्तिम तयारीमा रहेको बताएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा को-को जाने भन्ने अहिलेसम्म नटुंगिएको जानकारी दिइन् ।
उनले भोलिको क्याबिनेटले एजेण्डाको अन्तिम टुंगो लगाउने बताइन् ।
शर्माले भनिन्, ‘जुनजुन क्षेत्रसँग सम्झौता हुन्छ त्यो क्षेत्रका मन्त्री वा सचिव जानुहुन्छ । यो प्रतिनिधि मण्डललाई ठुलो नबनाउने भन्नेछ । आवश्यक पर्नेहरू मात्रै जानुहुन्छ ।’साभार : नेपाल प्रेस