काठमडौं, जेठ २२ : परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका आज दिल्ली प्रस्थान गरेका छन्।
भारतीय विदेशमन्त्री डा. एस जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल दिल्ली गएका हुन्। उनी २४ गतेसम्म भारतमा रहने छन्।
परराष्ट्र मन्त्रालयले यसअघि नै भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी विदेशमन्त्री डा. जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नेछन्।
साभार ः काठमाडौं प्रेस
