जनकपुरधाम , जेठ: २४ गते ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाले प्रभात फेरी कार्यक्रम गरेको छ।
आज जनकपुरधाममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनुषाले आयोजना गरेकाे साे प्रभात फेरी कार्यक्रम भानुचाैक बाट सुरु भई कदम चाैक हुदै जिल्ला प्रसासन कार्यालयमा पुगि सभामा परिनत भएको थियाे।
साे अवसरमा धनुषाका सहायक प्रजिअ उमेश दहालले गुणस्तर खाद्य उत्पादन र बिक्री गरि स्वच्छ खान पिनमा धियान दिनुपर्ने बताउनुभयो।
साथै उहाँले सरकारले ताेकेकाे मापदण्ड बिपरित खाधान उत्पादन गर्नेलाई कानुन बमोजिम कारवाही हुने चेतावनी दिनुभयो।
दूध बिकास संस्थान ढलकेवरका प्रमुख दिनेश जिसिले दुध प्रदार्थको गुणस्तर कायम गर्न अनुगमन जरुरी रहेको बताउनुभयो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका कार्यालय प्रमुख बिमल कुमार दहालकाे अध्यक्षतामा सम्पन्न भएको साे कार्यक्रममा सरकारी तथा गैर सरकारी संस्थाको प्रमुखहरुले खाद्य स्वच्छताको बारेमा बोल्नु भएको थियो।







